एउटै दृष्टि, भिन्न कोण

सरकारको प्रवक्तामा मन्त्री प्रदीप ज्ञवाली नियुक्त

२०७७ भाद्र २९ गते सोमवार

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता थिए। खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस