एउटै दृष्टि, भिन्न कोण

बुटवलमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही २०७७ भाद्र ३० गते मङ्गलवार

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको सोमबार राति साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन्।

उहाँका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो।

सोमबार नै बिहान कपिलवस्तुको शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस