
आँसु झर्यो मन दुख्यो रूवाएर गयौं
कति पीडा निष्ठुरी बानी पचाएर गयौं
पुरानो बिर्से नयाँमा मोज गर्ने तिमी
त्यै भएर यो दिललाई लत्याएर गयौं
कति पीडा… … …
धनुराशीको बाटो खन्यौ जो थिएन मसंग
त्यसैलाई कारण बनाई मुटु टुटाएर गयौं
कति पीडा… … …
रैछ त्यो मन तिम्रो धर्मशाला आज म बुझे
कतिलाई मायाको नशा पिलाएर गयौं
कति पीडा… … …
उक्लिन खोज्दा खोज्दै पिल्साई दियौं
नपुगेरै होला मन यो दुखाएर गयौं
कति पीडा… … …।
– मोगाउँ शाखा (म्यान्मार)