एउटै दृष्टि, भिन्न कोण

“तिमीले बुझेको भए”

काठमाडौ २०७७ भाद्र ३० गते मङ्गलवार

पद र प्रतिष्ठा सँगै
शौर्य र शौर्यता सँगै
मान र सम्मान सँगै
धन र दौलत सँगै ।

यदि तिमीले
समाज र राष्ट्रको निम्ति सोचेको भए
साहित्य र संस्कृतिको निम्ति लेखेको भए
निमुखाको उत्थानको निम्ति लडेको भए
तिमी अमर हुने थियौ तिमीले बुझेको भए ।

तिम्रा घमण्ड र अभिमानहरू
तिम्रा क्षणिक धन र दौलतहरू
तिम्रा भव्य र अट्टालिकाहरू
तिम्रा सुन र चाँदीका थुप्राहरू
व्यर्थ नै थिए तिमीले बुझेको भए ।

मणिपुर

प्रतिक्रिया दिनुहोस