एउटै दृष्टि, भिन्न कोण

युवराज ओलीका ४ मुक्तक

बाँके २०७७ भाद्र ३० गते मङ्गलवार

१) चरित्र हो कि चित्र ठिक, बुझ्न गाह्रो भाछ
हुदा पनि नजीक नजिक, बुझ्न गाह्रो भाछ
धेरै भयो जान्न खोज्या एउटै मान्छेको बारेमा,
के पो होला वास्तविक, बुझ्न गाह्रो भाछ।

२) हास भन्छेउ कसरी हासु, छुटने बेलामा
फाटेको मन के गरी गासु, छुटने बेलामा
भित्र मुटु दुख्दै गर्दा बाहिर आँखा रसाई राछ,
खस्दो रहेछ धेरै आँसु, छुटने बेलामा।

३) रुप बनाएर अनेकौ जातमा, कहाँबाट आउँछ
तर्साउनलाई मध्य रातमा, कहाँबाट आउँछ
शरीर जति मसानघाटमै जलेर सकिन्छ,
तरपनि मान्छेको आत्मा कहाँबाट आउँछ ?

४) नपारौ त्यसै मुटु चसचस, आउनेवाला छैन
बरु म त भन्छु घरमै बस, आउनेवाला छैन
यदि हामी घर छोडेर बाहिरै गएनौ भने मित्र,
हामीलाई खोज्दै कोरोना भाइरस, आउनेवाला छैन।

प्रतिक्रिया दिनुहोस