इपिएलमा चेल्सीको विजयी सुरुवात

काठमाडौ २०७७ भाद्र ३१ गते बुधवार

चेल्सीले ३–१ गोल अन्तरले ब्राइटनलाई पराजित गर्दै यस सिजनको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।

चेल्सीका लागि जोर्जिन्हो, रिस जेम्स र कर्ट जोउमाले गोल गरेका थिए। ब्राइटनबाट लिड्रो ट्रोसर्डले एक गोल फर्काए। यस्तै, अर्को खेलमा वोल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्यो।

चेल्सीका लागि पहिलो गोल जोर्जिन्होले २३ मिनेटमै गरेका थिए। पहिलो हाफमा अग्रता बनाएका चेल्सीविरूद्ध ५४ मिनेटमा ट्रोसर्डले बराबरी गोल गरेका थिए।

तर, यसपछि ब्राइटनले खेललाई नियन्त्रणमा राख्न सकेन। ५६ मिनेटमै जेम्सले पुनः चेल्सीलाई अग्रता दिलाए। ६६ मिनेटमा जोउमाले फेरि गोल थपेका थिए।

प्रतिक्रिया दिनुहोस