धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ। “विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ” भनिँदैन। नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर “तिम्रो करारसेवा टुङ्गियो” भनिन्छ।
कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।
साझा पार्टी संयोजक रबीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्।
