एउटै दृष्टि, भिन्न कोण

बढी मूल्यमा प्याज बेच्ने एक व्यापारी पक्राउ

काठमाडाैं २०७७ भाद्र ३१ गते बुधवार

भारतबाट प्याज आउन रोकियपछि नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ।

यस्ताे कार्यमा संलग्न बुधबार बल्खु बजारबाट एक जना व्यवसायी प्रहरीले नियन्त्रणमा लिएकाे छ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।

टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ। अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ।

उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको छ।  सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस