एउटै दृष्टि, भिन्न कोण

उज्यालो टाइम्सः हाम्रो शुभारम्भ

काठमाडौ २०७७ असोज १ गते बिहिवार

उज्यालो टाइम्स डटकमले नेपालीभाषी मनहरुको आवाज बोल्न थालेको दुई वर्ष पुगेछ। हाम्रा लागि परिक्षण चरणको दुईवर्षे यात्रा सुखद नै रह्यो। पछिल्लो समय अनलाइन पत्रिकाहरुको नयाँ ढंगले विकास भइरहेको छ। हामीले पनि नयाँ तरिकामार्फत यो माध्यम रोजेका छौं।

उत्कृष्ट, निष्पक्ष, रोचक र जिम्मेवार पत्रकारिताको प्रयोग हाम्रो लागि नयाँ होइन। हामी दुई वर्षदेखि नागरिकसँगै सुख, दुःखमा यात्रारत छौं। तर, सोच चाहिँ फरक र फराकिलो छ। मिडियामा गाउँदेखि गाउँसम्मको मुख्य भुमिकामा देखिन चाहान्छौं। उज्यालो टाइम्सले मुख्यतः स्थानीय समाचारहरुलाई पहिलो स्थान दिनेछ।

तपाई र हाम्रो प्रयासबाट नागरिक पत्रकारिताको अभ्यासका लागि संवाद जारी राखेका छौं। विस्तारै राजनीतिक परिवर्तनसँगै प्रविधिले पनि फड्को मा¥यो। हात–हातमा फोन र फोन–फोनमा इन्टरनेटको विकास भयो। समाजको सार नै नयाँ रुप हो। समाज फेरिएसँगै संघ, संस्था वा मानिसका काम र कर्तब्य पनि फेरिन्छन्। देशमा अनेकन राजनीति वा सामाजिक आन्दोलनका स्वरुपहरु फेरिदा, पक्कैपनि पत्रिकाको भूमिका फेरियो। उज्यालो टाइम्सको जिम्मेवारी र कामहरु पाठकप्रति नै समर्पित हुन्छन्।

पत्रकारिता आवाज विहीनहरुको आवाज हो। भाषा, कला, साहित्यमार्फत देखाएको एकतालाई पत्रकारिताको माध्यमबाट पाठक वर्गको सद्भावलाई कहिल्यै भुल्ने छैनौं। हामी अहिले जे सोच बनाइरहेका छौं– त्यो दुईवर्षे परिक्षणमा पाठकहरुकै कारणबाट उत्पन्न रुप हो। पाठक माझ मोबाइल एप मार्फत चाडै नै जोडिने जानकारी समेत गराउँदछौं।

अब उज्यालो टाइम्स संसारभर एकतावद्ध भएर बसोबास गर्ने नेपाली र नेपालीभाषीहरुको माझ पल–पलको समाचारको साथी हुनेछ। जनपक्षिय पत्रकारितालाई भविस्यमा पनि पाठक, सुभेच्छुक तथा विज्ञापनदाता लगायत सबैबाट सहयोगको अटल विश्वास गरेका छौं।
उज्यालो टाइम्स डटकम

प्रतिक्रिया दिनुहोस