काठमाडौं उपत्यकामा आज थप ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित देशभर कूल १५३९ जनामा संक्रमण पुष्टि भएको छ।