एउटै दृष्टि, भिन्न कोण

सुश्रीले अनुभूत गरेकी थिइन्!

मेघालय २०७७ असोज १ गते बिहिवार


मेरा दाजु हर्कबहादुर थापाको हत्या भयो। सन् १९७६ को डिसम्बर महिनातिर मेघालयको गारो पहाड जिल्ला अन्तर्गत नंगलबिबरामा नोकरीको बेला हत्या गरियो। हत्या किन भयो भन्नेबारे लेखिए एउटा मर्मस्पर्शी कथा हुनेछ, जुन कथामा मेरी भाउजु पद्मादेवी थापाको अदम्य वीरताको कथा जोडिन आवश्यक हुन्छ। इन्दिरा गान्धीको चाँडै हत्या नगरिएको भए भाउजुले नारी वीरता पुरस्कार अवश्य पाउनुहुने थियो। यो मेरो विश्वास हो।

दाजुको हत्या हुँदा म आफ्नो पल्टन २ र ५ गोर्खा राइफल्ससँग ग्वालिएरमा थिए। दाजुको हत्या भएपछि घरमा भाउजुलाई धेरै दुःख आइप¥यो। ४ जना छोरा, एउटी छोरीलाई अगाडी बढाउन हम्मेहम्मे हुन लाग्यो ः यसैकारण घर हेर्न र भाउजुको काँध हलुँगो पार्न मैले ग्वालिएरबाट शिलोङमा स्थानातरण लिएँ ५८ गोर्खा तालिम केन्द्र शिलोङमा यो ट्रनिंग सेन्टर ५ र ८ गोर्खा पल्टनमा सिपाही बनाएर पठाउने रिक्रूट ट्रेनिंग सेन्टर हो।

यो तालिम केन्द्रमा आएपछि मलाई सिएसडी क्यान्टोनमा सामान बिक्री गर्ने काम सुम्पियो। सन् १९७९ मा एकजना नयाँ कमाण्डेण्ट (को) भएर यस सेन्टरमा आए। नाम नदिउँ भने उपन्यास माटो बोल्दो हो – मा राखेको छु, जहाँ यो कमाण्डेण्टबारे वर्णन पनि गरिएको छ। उनले मेरो जीवनमा खलनायकको भूमिका निर्वाह गरेका छन्।

यहीँ कमाण्डेण्टको खलनायककीले गर्दा म पिठ्यूँ (मेरुदण्ड) दुख्ने मर्मान्तक पीडाले ग्रस्त भए। यो कुरा पनि उक्त उपन्यासमा वर्णित छ। पीडा सहन नसकेर आत्महत्या गर्न मन लाग्थ्यो। यस्तो स्थितिमा मैले विवाह गर्छु भनेर वचन दिएकी सुश्रीलाई विवाह गर्न सकिनँ। यो कुरा सुश्रीले अनुभूत गरेकी थिइन् – आफ्नो हृदयको गहिराईबाट यसैकारण उसलाई जीवनसँगिनी नबनाएकोमा, उनले मसँग कहिल्यै गुनासो पोख्इनन् । मेरो पीडासँग एकाकार भई अन्ततः दुई वर्ष अघि सुश्री जीवन बाँचेर उनी अनन्तमा लीन भइन्।

जेहोस्, जतिबेला म मर्मान्तक पीडाले आत्महत्या गर्ने स्थितिमा थिए। त्यतिबेला मैले खलानायक कमाण्डेण्टलाई लिएर मन–मनमा गुन्थे। तैलेँ सिपाही सम्झेर मलाई यस्तो पारिस् तर म मर्नेवाला होइन, तँ एकदिन रिटायर्ड भएर घर जानेछस् ः त्यसबेला तेरो इतिहास पनि हुनेछैन। तलाईँ कसैले चिन्ने पनि छैन तर म सिपाही भए पनि म आफूलाई इतिहास बनाउँछु। भारतभरि म आफूलाई विक्रम को हो भनेर चिनाउँछु – यस्तो सोच्थे। मैले त्यो कमाण्डेण्डको खलनायकीलाई कहिल्यै नकारात्मक रूपमा लिइनँ। सकारात्मक रूपमा लिएँ। आज मैले सकारात्मक रूपमा नलिएको भए म मात्र भूतपूर्व सिपाही हुने थिएँ। मलाई कसैले चिन्ने थिएन। म अनाम जिन्दगी बाँचेर मर्ने थिएँ तर आज म जो छु ः जे छु – यस्तो हुनुमा मैले नकारात्मकतामा सकारात्मकता खोजे।

सकारात्मकता खोज्ने हुँदा मलाई राजश्री प्रोडक्सनद्वारा निर्मित फिल्म सावन को आने दो – ले ठूलो टेवा दियो। यही अनुरूप पण्डित मदन मोहन मालवीसँग गुहार लगाएर एकजना मुजरा गाउँनेकी छोरी महान् बनेकी कथाले मलाई झन् ठूलो टेवा दियो।

प्रतिक्रिया दिनुहोस