राष्ट्रियसभामा मनोनित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले शपथ लिएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथ गराएका हुन्।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यका लागि मनोनित गरेकी थिइन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
बुधबार पठाइएको उक्त सिफारिस आज राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिसभा सदस्यका लागि मनोनित गरेकी थिइन्।