एउटै दृष्टि, भिन्न कोण

कोरोनाः विश्वमा नौ लाख ४५ हजार भन्दा बढीको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड २०७७ असोज १ गते बिहिवार

विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७३ लाख ३ हजार ९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६८ लाख २९ हजार ६६४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार  १३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५१ लाख २२ हजार ८४६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ४० लाख २५ हजार ७९ कोरोना भाइरस मुक्त भएका छन् भने  ८३ हजार २५७ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ  ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ । 

पेरुमा ७ लाख  ४४ हजार  ४०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख ३६ हजार  ३७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख  ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ । 

स्पेनमा ६ लाख  १४ हजार  ३६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ५ लाख  ८९ हजार १२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ४८ हजार२६३ कोरोना भाइरस मुक्त भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस