एउटै दृष्टि, भिन्न कोण

नेपाली रेल आइपुग्यो जयनगर

काठमाडौ २०७७ असोज १ गते बिहिवार

भारतमा निर्माण भएको रेल बिहीबार साँझ  जयनगर आइपुगेको छ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो।

याे रेल जनकपुरधाम-कुर्था-जयनगर चल्ने छ। 

सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।

झण्डै दुई वर्ष देखि रेल आउने भनेपनि आएको थिएन तर अब जयनगरसम्म रेल आइसकेकोले अब रेल सञ्चालनमा आउने स्थानीय विश्वस्त भएका छन्।

रेल विभागले रेल संचालनको लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस