आर्थिक र नैतिकरुपमा हुने अनियमितता रोकाै ।

रोल्पा २०७७ असोज २ गते शुक्रवार

नेपालमा १० बर्ष सम्म चलेको जनयूद्द बाट नेकपा माओबादीले बन्दुक बिसाएर शान्ति प्रक्रियामा आए सघै देशमा सबैतिर खुसियाली छायो। कारण थियो अव भाइ भाइको लडाइ रोकियो, देशमा केहि पक्कै सुझबुझका साथ परिवर्तन हुन्छ। म जस्तै सबैका मनमा खुसि छाएको थियो अव गाँउ देखि गाँउ सम्ममा बिकासको मुहार परिवर्तन भएर आउनेछ। यो खुसि धनिका महलमा मात्र हैन हरेक गरिवका झुपडिमा थियो। जनयूद्दको समयमा पस्किएका सपना गाँउलाइ शहरमा रुपान्तरण गर्ने र देशलाइ स्विजरल्याण्ड बनाउने भाषणले प्राप्त चेतना पनि होला सायद यति खुसि हुने।

संघिय संरचनाको अभ्यासमा नागरीकले आमुल परिवर्तनको महशुस गर्नेगरी काम हुन्छ भन्ने आशा गरेका थिए। जसकालागि संघ, प्रदेश र स्थानीय तहहरु क्रियाशिल सरकार छन् तर पनि आशा गरेजतिको उपलब्धि हासिल गर्न नसकेको यथार्थता विद्यमान छ। जे जति उपलब्धि हासिल भएका छन् त्यसले निरन्तरता पाउन पनि सकेको छैन। उनै सुनौलो सपना सजाउन चिया गफमा रमाउने साथिहरुलाइ नै अहिले निर्वाचित जनप्रतिनिधिकोरुपमा पठाएका छौ। तथापि यहि ब्यवस्थामा जुन कुरा हामिले सोचेका थियौ त्यहिनुरुप काम पनि हुन सकेको छैन। यस्तो समय सम्म आउदा पनि हामि नबोल्ने, केही गल्ति त गरेका छैनौ ?

नेपालमा अन्तरिम संविधानको मर्म अनुसार शासनसत्ता संचालन करिव एक दशक सर्बदलिय सम्यन्त्र मार्फत संचालन भयो । देशमा सहमतिको सरकार हुदै निर्वाचित संविधान सभा गठन भएता पनि जिल्ला देखि गाविसहरुमा सर्बदलिय सम्यन्त्र र कर्मचारी तन्त्रको प्रयोग मार्फत सत्ता संचालन भयो। यसका कति राम्रा पक्ष होलान भने केही सुधार गर्नुपर्ने पक्ष पनि थिए होलान। गाँउ गाँउमा परिवर्तनको बाहक स्वरुप वडानागरिक मञ्च गठन भइ काम गरेका थिए । तत्कालिन समयमा योजनाहरु माग गर्ने, विवाद समाधान गर्ने, समुदायमा गरिने सरकारी कामलाइ बैधता दिने आधार सबै वडानागरिक मञ्चमा निहित थियो। पछि त्यहि शासन सत्ताबाट संचालित उपलब्लि स्वरूप गाँउहरु एकै पटक ग्रामिण नगरपालिकामा (गाँउपालिका) रुपान्तरण भए। देशमा संघियताको अभ्यास सगै म बस्ने गाविस पनि गाँउपालिकामा परिवर्तन भयो। गाँउपालिमा हुनु भनेको बिकासको गतिले फट्को मारेको अव गाँउ पहिले जस्तो छैन भन्ने बुझिन्छ । शिक्षा,स्वास्थ्य,यातायात, खानेपानी,बिद्युत लगाएतका पूर्वाधारहरुको पहुच पुगेको, आय स्तरमा बृद्दि भएको भन्ने बुझिन्छ।  

बिकासमा पछि परेको गाँउलाइ पालिकामा नाम परिवर्तन गरिसकेकाल हामिले अव सोच्ने बेला आएको छ। हामि सचेत यूवाहरुले ग्रामिण शहरिकरणको अवधारणालाइ सफल बनाउन सोच्ने दृष्टीकोण अलि फरक हुन जरुरी छ। झन १० बर्षे जनयूद्दमा देश नै परिवर्तनकालागि बलिदान गर्ने रोल्पा जिल्लाको नागरिक हुनुको नाताले पनि हामि परिवर्तनमा अरु भन्दा अगाडी हुन जरुरी छ। बिकासको हिसावले यति बेला रोल्पामा के परिवर्तन भएको छ भनेर सोध्नेको घुइचो समेत लाग्ने गरेको छ। रोल्पालिले देखाएको त्यो साहास र आटको अहिले केहि अंश प्रशंसा पनि हुने गर्दछ। त्यसैले ग्रामिन नगरपालिकालाइ सुधारको लागि हाम्रै गाँउमा राम्रा र नयाँ प्रयासहरुको शुरुवात गरिनुपर्दछ ।

केही वर्ष अघि देखि देशमा उज्यालो कार्यक्रम संचालन भएको भएता पनि अहिले विजुली बत्तिको बिस्तार सोचेकै गतिमा भैराखेको छ। यसको पूर्णतामा हाम्रो नजर कायम रहनु पर्दछ । रोल्पाका सबै गाँउ गाँउ सम्म मोटरबाटो पुगिसकेको छ । त्यसको मर्मत संभार र स्तरउन्नतिमा ध्यान दिने प्रतिनिधिको आवश्यकता छ । बर्तमान परिवेशमा ग्रामिण नगरपालिका नामाकरणको झल्कोदिने गाँउपालिकाहरुमा भविष्यमा आकर्षक र व्यवस्थित शहर बनाउन धेरै कामहरुगर्न अपरिहार्य छ । कम्तिमा प्रत्यक ग्रामिण क्षेत्रमा अब बन्ने सरकारी, सार्वजनिक र नीजि संरचनाहरु निर्माण गर्दा न्युनतम मापदण्ड तोकि संरचना निर्माण गर्न गराउन अनिवार्य गर्नुपर्दछ । यसका लागी स्थानिय सरकारले स्पष्ट र उपलब्धिमुलक एन नियम र योजना बनाई अगाडि बढ्न सक्नुपर्दछ ।

विकासले भित्र्याउने समृद्धी अनवरत चलिरहने प्रक्रिया हुन्। यसकालागि चाहिने बजेट, निति कार्यक्रम तिनै तहका सरकारले आ–आफ्नो अनुकुलको ल्याइ कार्यान्वयनमा जान्छन् । निर्माण गरेको नीति र खर्च गरेको बजेटले  गरेको कार्यक्रमको तुलनामा हासिल गरेका उपलब्धिहरु न्युन भएको र प्राप्त उपलब्धिहरुमा पनि अधिकांश नागरीकहरुले आफ्नो अवनत्व स्वीकार नगर्नु दुखको बिषय हो । यतिवेला सम्म सबै नागरिक बिकासका काममा सरिक भएका पनि छैनन ।

यस प्रकारका समस्या, सम्भावना र समाधानका बारेमा लेखाजोखा गरी स्थानिय सरकारले यथोचित सम्बोधन गर्न सक्नुपर्दछ । विनियोजित बजेटको दुरुपयोग हुने, विभिन्न वाहानाले रकम फिर्ता पठाउने वा फ्रिज जाने, कागजी रुपमा मात्रै खर्च देखाएर आर्थिक अनियमितता एवम् भ्रष्टाचार हुने जस्ता विद्यमान विकृतिहरुलाई निस्तेज गर्न स्थानिय सरकारले अधिकतम तागत लगाउनुपर्दछ । जनप्रतिनिधको भूमिका भनेको स्थानिय स्तरमा बिभिन्न गतिविधि गर्न पार्टी सङगठन भन्दा पनि टोल सुधार समितिको गठन र परिचालन अहिलेको आवश्यकता हो । निर्बाचित जन प्रतिनिधिहरुसगै विकास निर्माणमा सघाउन, नियमित विकासका कार्यहरु गर्न टोल सुधार समिति जस्ता सरचना हुन अति आवश्यक देखिएकोछ । आफ्नो टोलमा देखिएका समस्याहरु पहिचान गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्न, समुदायस्तरमा स साना र प्रभावकारी संयन्त्रको रुपमा टोल सुधार समितिले महत्वपुर्ण भुमिका खेल्दछ। टोल सुधार समिति नै जनप्रतिनिधिको तागत पनि हो ।

पछिल्लो समयमा विकास निर्माणमा नागरीकको चाँसो बढ्दै गएपनि उपभोक्ता समितिको गठन र यसको कार्यशैलीमा वेथिति देखा परेको छ । राजनीतिक दलहरुले आफु निकट व्यक्तिहरुलाई उपभोक्ता समितिमा राखि आर्थिक उपार्जन गर्ने तर्फ केन्द्रित देखिन थालेको छन । उपभोक्ता समितमा अध्यक्ष सचिव रहनकैलागि अनुपयुक्त प्रक्रिया गर्नेसम्मका गतिविधिहरुका कारण उपभोक्ता समितिहरु विवादमा आउने गरेका छन्। उपभोक्ताबादी चिन्तनकै कारण यो वा त्यो बाहानमा योजनामा बजेट विनियोजन गर्नु, योजनाका लागि निर्माण हुने उपभोक्ता समितिहरुमा स्वार्थ समुह तयार पार्नु र योजनाको कार्यान्वयनमा तेस्रो पक्षाबाट प्रभावकारी अनुगमन नहुनु अहिलेकालागि विकासका बाधक तत्वहरु नै हुन् । बजेट खर्च गर्न मात्र उद्देलित हुने सरकारी संयन्त्र, राजनीतिक आग्रह पुर्वाग्रहमा रुमल्लिने जनप्रतिनिधिहरु, क्षणिक लाभलाई प्राथमिकतामा राखि काम गर्ने उपभोक्ताहरु बजेटको दुरुपयोग, अनियमितता र भ्रष्टाचारलाई वढावा दिइरहेका छन् ।

बिगत केहि वर्ष यता संघिय सरकारमा रोल्पालि प्रमुख पदमा रहदा पनि रोल्पामा सोचे जति विकास हुन नसक्नु यहाँको दुर्भाग्यको बिषय हो । पछिल्लो समयमा जिल्लामा बन्न लागेका ठुला परियोजनाहरुले नागरीकको आस बढ्न थालेको छ। तथापि सरोकारवाला निकाय नै परम्पारबादी सोच र चिन्तनमा जिइरहेकोले सोचे जति फड्को मार्न नसकेको यथार्ततालाइ नकार्न सकिदैन। विग्रे भत्के जति सवै एकले अरुलाइ दोष देखाएर कमजोर सावित गर्दा आफु महान हुने तर आफ्नो समाज पछि परेको थाहा नपाउने हामीले समयमा नै आफु सचेत भई सम्बन्धित पक्षलाई सजग बनाउन लागि पर्नैपर्ने हुन्छ। अब हरेक नागरीक हरेक–एक व्यक्तिको स्वार्थ, उपभोक्ता समिति बादी चिन्तन मात्र नभएर, व्यक्ति र परिवार भन्दा माथि उठ्दै समाजका लागि आ–आफ्नो तर्फ बाट योगदान दिने बेला भएको छ ।

हामिले भनेको सम्बृद्द समाजको परिकल्पनालाइ साकार पार्न हर नैतिकताबान ब्यक्तिको जरुरत छ । आर्थिक र नैतिकरुपमा भ्रष्टचार गर्नेलाइ खबरदारी गर्ने बेला आएको छ। नैतिक भ्रष्टाचारीलाइ निस्तेज, आर्थिक भष्टाचारलाइ शुन्य बनाउनु पर्छ । हाम्रो नेर्तृत्वले हामिलाइ जवरजस्त भिराइएको बिकशित शव्दलाइ हामि साकारपार्ने सकारात्मक सोचको आवश्यकता छ । हामि सम्बृद्द ग्रामिण नगरपालिका (गाँउपालिका) को अविभारा पुरा गर्न लाग्नु अपरिहार्य छ । हामिले यदि यो समयमा प्राप्त उपलब्धिलाइ रक्षा गर्न सकेनौ भने आउदो पुस्ताले हामिलाइ धिकार्ने छ ।। धन्यबाद

प्रतिक्रिया दिनुहोस