जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नेपालको संविधान असुरक्षित रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताएका हुन्।
शुक्रबार संविधान दिवस अवसरमा सामाजिक सञ्जालमार्फत डा भट्टराइले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्,‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन। अपांग शिशुको उपचार र रक्षागरौं।