एउटै दृष्टि, भिन्न कोण

गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङ २०७७ असोज २ गते शुक्रवार

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर उपचारको क्रममा बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो।

उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस