एउटै दृष्टि, भिन्न कोण

साहित्यकार तथा रेडक्रसकर्मी टुहुरोलाई जनसेवा श्री मानपदवी

रोल्पा २०७७ असोज ३ गते शनिवार

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने क्रममा रोल्पाका साहित्यकार तथा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापती डीबी टुहुरो पनि सम्मानित हुनुहुने भएको छ ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार रोल्पाका साहित्यकार टुहुरोलाई जनसेवा श्री मानपदवी प्रदान गरिने भएको छ । उक्त सम्मान संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ । यस्तै सोही पदवीबाटै रोल्पाको परिवर्तन गाउँपालिका–२ का समाजसेवी जयबहादुर घर्ती र जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत कर्मचारी झगबहादुर फेवाली पनि सम्मानित हुनुहुने भएको छ ।


सरकारले सार्वजनिक गरेको सुची अनुसार आज संविधान दिवसका अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस