एउटै दृष्टि, भिन्न कोण

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा शुभकामना

काठमाडौ २०७७ असोज ३ गते शनिवार

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, ‘नेपाली जनताको लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका ‘संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

Image
प्रतिक्रिया दिनुहोस