एउटै दृष्टि, भिन्न कोण

प्रसुति सेवाकालागि रेडक्रस रोल्पाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

रोल्पा २०७७ असोज ७ गते बुधवार

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले प्रसुति सेवाकोलागि निशुल्क एम्बुलेन्स सेवा दिने सुचना जारी गरेको छ । कोभिड-१९ समस्यालाइ मध्यनजर गर्दै रोल्पा जिल्लाको जुनसुकै स्थानबाट गर्भवति महिलालाइ सुत्केरी हुन स्वास्थ्य संस्था सम्म वा अस्पताल सम्म पुर्याउने उद्येश्यले २०७७ पुस १५ सम्मकोलागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । जिल्ला शाखाले निशुल्क सेवा लिनकोलागि जिल्ला भित्रका सबै उपशाखाहरुलाइ जानकारी सामुदाय सम्म प्रचार प्रसार गरिदिन पत्राचार गरेको हो ।

यो सेवा लिनकालागि नजिकको स्वास्थ्य चौकी प्राथामिक स्वास्थ्य केन्द्र अस्पताल वा सम्बन्धित वडाले छनौटका आधार सिफारिस भने गर्नुपर्ने हुन्छ । यसको सिफारिस प्रक्रियाकोलागि जिल्ला भित्रका सबै स्थानिय तहलाइ पत्राचार समेत गरेको जिल्ला शाखा सभापति डिवि घर्तिमगर द्ववारा हस्ताक्षर गरि उपशाखाहरुलाइ सम्बोधन गरिएको पत्रमा उल्यख छ ।

उल्लेखित पत्रमा दातृनिकायको सहयोगमा प्रदान गरिने एम्बुलेन्स सेवा लिनकोलागि भने केहि आधारहरु तय गरिएको छ । सेवा लिनकोलागि गर्भवति महिला आर्थिकरुपमा कमजेर अवस्थामा रहेको वा घरमुली महिला भएको, स्वास्थ्य संस्था टाढा रहेको वा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको पहुच नभएको, विपद तथा महामारीबाट प्रत्यक्षरुपमा प्रभावितभइ जिविकोपार्जनमा कठिनाइ भएको, यौनजन्य हिंसामा प्रभावित महिला तथा किशोरीहरु, बन्दावन्दी वा निशेधाज्ञाको कारण यातायातका साधनहरु उपलब्ध नभएको रहेका छन ।

प्रतिक्रिया दिनुहोस