बंगलाचुली गाँउपालिकाकाे आफ्नै २५ शैयाकाे अस्पताल: भवन निर्माण अन्तिम चरणमा

दाङ २०७७ असोज १० गते शनिवार

देशभरका ७५३ वटा स्थानीय तहहरुमा गाउँपालिका स्तरीय अस्पताल बनाउने सरकारको कार्यनीति अन्तर्गत १५ शैयाको अस्पताल बनाउँने भए पनि दाङको दुर्गम क्षेत्रमा रहेको एकमात्र बंगलाचुली गाँउपालिका २५ शैयाको भवन निर्माण गर्ने पहिलो गाँउपालिका बनेको छ ।

दाङको कर्णाली मानिने बंगलाचुली गाउँपालिकाले २५ शैंयाको अस्पताल भवन निर्माणको कार्य अन्ति चरणमा पुर्याएको गाँउपालिका अध्यक्ष भक्तबहादुर वली बताउनुहुन्छ । उहाका अनुसार गाउँपालिकाको दुर्गमतालाइ मध्यनजर गरेर स्वास्थ्य सेवालाई थप सरल, सहज र व्यवस्थित पार्नको लागि २५ शैया अस्पताल निर्माण कार्य अन्तिम चरण पुर्याइएको हो ।

कुल ६ करोडको लगानीमा निर्माण भइरहेको २५ सैयाको भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उहाका अनुसार अस्पताल भवन निर्माणका लागि केन्द्र सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत सम्बन्धित स्थानीय तहको बजेटमा २५ शैयाको अस्पताल निर्माण कार्य भैरहेको हाे ।

दाङ जिल्लाको दुर्गम गाँउमा बस्ने आम स्थानीय नागरिकहरुलाई स्वास्थ्य सेवामा प्रत्यक्ष सेवासहित उचित व्यवस्थापन गर्नको बनाइएको अस्पताल गाँउपालिकाको केन्द्र कमिरेचौर बनिरहेको छ । प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीका अनुसार अबको दुई महिनामा रङरोगनका कार्य सम्पन्न गरी मंसिर महिनामा भित्र संचालनमा ल्याउने योजना समेत रहेको बताउनु भयो । उहा भन्नुहुन्छ नयाँ भवनमा सेवा संचालनकाे उद्घाटन भब्य र सभ्य कार्यक्रम गरि गर्छाै । भवनको गुणस्तर कायम भए नभएको अवस्था बुझ्न निरन्तर अनुगमण समेत गरिरहेको बताए ।

गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण वडाहरुमा स्वास्थ्य संस्थाहरु सञ्चालमा छन। ८ वटा वडा रहेको गाँउपालिकामा १ वटा प्राथामिक स्वास्थ्य केन्द्र, ल्याव सेवा सहितका ३ वटा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन। गाँउपालिका हुनुपूर्व यहाँ १ वटा प्राथामिक स्वास्थ्य केन्द्र र ३ वटा स्वास्थ्य चौकी मात्र थिए। स्वास्थ्य सेवा सुधार गरि आफ्नै कार्यकालमा यहाँका जनतालाइ सेवा दिनु पालिकाकाे प्रमुख लक्ष्य समेत रहेको गाँउपालिका अध्यक्ष बताउछन ।

यस गाँउपालिकामा स्वास्थ्य क्षेत्र सुधारको लागि नेपाल रेडक्रस सोसाइटी दाङ ले पनि हातेमालो गरि काम गरिरहेको छ । चेतनामुलक कार्यक्रममा स्वास्थ्य सेवाको माग बढाउने, माग अनुसारको सेवा दिने सुनिश्चितता गर्न सहजिकरण गर्ने, गुणस्तरिय सेवा प्रदान गर्न आवश्यक पूर्वाधार सामाग्रि सहयोग गर्ने काम गरिरहेको जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस