समाजमा धेरै पढेर डिग्रि हासिल गरि डाक्टर, इन्जिनियर र अधिकृत बन्नुपर्छ भन्ने धेरैको मान्यता छ। यहि सपना पुरा गर्न गाउँघरदेखि शहर बजारसम्म पठाएर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउने सपना देख्छन। यसैविचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म पढेर पनि मूर्ति बनाउने पेशालाई अगालेर मनग्ये आम्दानी गरिरहेका छन्।
सल्यानको बागचौर नपा ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेशालाई व्यावसायिक बनाएका छन्। उनलाई मूर्ति बनाउन र शिलालेख बनाउन भ्याइ-नभ्याई छ। जिल्लामा शिलालेख लेख्ने उनि एक मात्र मूर्तिकार हुन्।

सल्यानको बागचौर नपाको बागचौरमा टोपेन्द्र कला केन्द्र ब्यवसाहिक पसल खोली काम गर्दै आइरहेका छन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गरेका डाँगीले मूर्ति र शिलालेखबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्।
टोपेन्द्र डाँगिले भने, ‘सल्यानमा मूर्ति र शिलालेख बनाउने म मात्रै हो। विभिन्न विद्यालय सार्वजनिक स्थलमा मूर्ति बनाउन धेरै ठाउँबाट माग हुने गरेको छ।’ आफनो दैनिकी अधिकांश समय बिहान उठेदेखि राति अबेरसम्म मूर्ति बनाउनमै जाने गरेको उनको भनाइ छ।

उनको यस पेशाबाट खर्च कटाएर वार्षिक ६ लाख बढी हुने गरेको बताए । उनका अनुसार एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको छ ।उनले भने, ‘मूर्तिको साइजअनुसार १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु।’
यो पेसामा उनले दुई जनालाई रोजगारी समेत दिएका छन्।