एउटै दृष्टि, भिन्न कोण

बिप्लव निकट राज्य समिति सदस्य (सुदर्शन) द्वारा पार्टी परित्याग

कालिकोट २०७७ असोज ११ गते आइतवार

नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द्र विप्लव समुहका राज्य समिति सदस्य धनिराम सिम्खाडा (सुदर्शन) ले पार्टी परित्याग गरेका छन । उनले राष्कोट नगरपालिकाको एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन।

नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटिले सिपखानामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनि प्रवेश गरेका हुन। निर्वाचन क्षेत्र नम्बर (ख) का पाटि संयोजक जगतबहादुर शाही, नगरकमिटि अध्यक्ष धर्मराज शाही, लगायतका स्थानिय नेता कार्यक्रताले नव प्रबेशिलाइ स्वागत गरेका छन ।

पार्टी प्रबेश बाेल्दै सुदर्शनले आवको क्रान्ति बन्दुकमा नभएर विकास र सम्वृद्धिको हुनु पर्ने देखेकाले आफुले नेकपा विप्लव समुहबाट परित्याग गरि सत्तारुट नेकपामा प्रवेश गरेको बताए । अवको समयमा पहिलेजस्तो बन्दुकबाट क्रान्ति सफल नहुने देखेको र अहिलेको क्रान्ति आर्थिक जनजिविकाका सवालमा हुनुपर्ने बताए ।

दशवर्षे जनयुद्धले ल्याएको संघिय लोकत्रान्तिक गणत्रात्मक राज्य व्यवस्थाले विकास र सम्वृद्धि, रक्षाकोलागि आफुले पहिले बाटो बिराएको र अव त्यसको त्यसको रक्षाकोलागि लाग्ने बताए । उनले थपे , यो व्यवस्था सर्बहारा दुखि गरिवकोलागि उपयूक्त नरहेको भन्दै बिद्रोहको भाषण गर्दै आएको भएपनि, वास्तवमा यहि व्यवस्थाले गर्दा गाउँ गाउँमा सडक, खानेपानी, विद्युत लगायतका पुर्वाधारको विकास गरेको रहेछ। यो व्यवस्था सोचेजस्तो छैन भन्ने हरुले गाउँमा आएर विकास हेर्न पनि अनुरोध गरे ।

भेटघाट कार्यक्रममा विप्लव समुहका अन्य नेता कार्यक्रताहरुले पनि सत्तारुट नेकपामा प्रवेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस