एउटै दृष्टि, भिन्न कोण

हाम्रो जमिन हडपेर आफ्नो दाबी गर्नु के शक्तिशाली देशको धर्म हो ?

कर्णाली २०७७ असोज ११ गते आइतवार

२०५८ सालमा लिमी लाप्चाको लिमी गाविसले आफ्नो गाउँ आफै बनाउ भन्ने बजेटबाट बाटो खन्न शुरू गरेको हो। चिनियाँले कुनै अबरोध गरेनन्। २०६६ सालमा नेपालले डोजर ल्याएर बाटो निर्माण गर्ने क्रममा बुराङबाट चिनियाँ उच्चस्तरिय टोली आएर ग्याध्पुदोसांबाट तिम्रो सिमाना हो त्यतैबाट सडक खन भनेर सिमाना देखाएर गए। अहिले आएर हामीले बनाएको २.५ किमि पूर्व लोलुजंगमा आएर घर बनाएपछि हामिले हाम्रो भूमिमा घर बनायौ भनेर दाबी गर्न पाउने कि नपाउने ? त्यो बेला चिनियाँले नाप नक्सा हेरेर हामीलाई सडकको काम अगाडि बढन दिएका हुन। हामीसंग त नाप नक्सा केहि थिएन। अहिले आएर एउटा कमजोर मूलुकले बनाएको सडकसम्म हडपेर आफ्नो हो भन्नु ठूलो र शक्तिशाली देशको धर्म यहि हो त ?

उज्यालो टाइम्सको “संजाल टाइम्स”मा सामाजिक संजालमार्फत आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

२०५८ सालमा लिमी लाप्चाकाे लिमी गाविस ले आफ्नाे गाउ आफै बनाउ भन्ने बजेटबाट बाटाे खन्न शुरू गरेकाे हाे । चिनियाले कुनै…

Gepostet von Jiwan Bahadur Shahi am Samstag, 26. September 2020
प्रतिक्रिया दिनुहोस