पर्यटन उद्योग पुनः सुरु गर्दै थाइल्यान्ड

बैंकक २०७७ असोज १३ गते मङ्गलवार

थाइल्यान्डले पर्यटकीय क्षेत्रहरु विस्तारै सुचारु गर्ने लक्ष राखेको छ। अर्को हप्ता चिनियाँ पर्यटकहरु हवाई उडानमार्फत आउँने पक्कापक्की भएको बताइएको छ।

विश्व महामारीले थलिएको थाइल्यान्डको पर्यटन बजारलाई सचेतपूर्वक संचालनमा ल्याउन विज्ञहरुले सुझाव दिएका छन्। चीनबाट पहिलो उडानमा आउँने पर्यटकहरुको संख्या करिब १२० जना रहेको छ। उनीहरु पुकेट शहरको रिसोर्ट टापुमा बस्ने समेत बताइएको छ।

थाइल्यान्डमा कोरोनाभाइरस संक्रमित ३ हजार ५ सय ५९ रहेका छन्। ती मध्ये ५९ जना व्यक्तिको मृत्यु भएको थाई सरकार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मुलुकमा आउने सबै यात्रुको तापक्रम एयरपोर्टमा जाँच गरिनेछ र कोरोना इन्फेक्सन सम्बन्धी जानकारी पनि लिइनेछ।

थाई सरकार प्रवक्ताका अनुसार पहिलो महिनामा १२ सय पर्यटकको अपेक्षा गरिएको छ। डुल्नका लागि प्रवेश अनुमति दिइएका विदेशी नागरिकलाई सरकारले कम जोखिम भएका ठाउँहरुमा राख्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस