गजल
तिम्रो मनदेखि टाढा सरेर केही हुँदैन
तिमी खुसी छौ म मरेर केही हुँदैन ।
दिल जलेको छ वचनका बाणहरूले
यो दुस्मनले प्रहार गरेर केही हुँदैन ।

म खुसीछु आफ्नो स्वाभिमानमा प्रिय
दु:खी मान्छे साथमा परेर केही हुँदैन ।
पत्थर पनि त चुर चुर भएकोछ यहाँ
त्यो फूल जमिनमा झरेर केही हुँदैन ।
म प्यारबाट टाढा भएको छु हिजोआज
ती कलिला युवतीले हरेर केही हुँदैन ।।