बंगलाचुली गाउँपालिका निवासी विष्णु बुढाथोकिको जीवनरक्षाका लागि अपिल

दाङ २०७७ असोज १४ गते बुधवार

बिगत लामो समय देखि मुटुको विरामी पर्नु भएका दाङ बंगलाचुली गाउँपालिका ३ ठुलीचौर निवासी विष्णु बहादुर बुढाथोकीको उपचारमा सहयोग गरिदिन उहाँको परिवारले याचना गरेको छ । विष्णु बहादुर बुढाथोकी विगत १२ वर्ष देखि मुटुको विरामी रहनु भएको उहाँको छोरा सुर्य बुढाथोकिले बताए । मुटुरोगबाट पिडित बुढाथोकीको अहिले मुटुको भल्व परिवर्तन गर्नु पर्ने भएको छ ।

मुटुको भल्व परिवर्तका लागि सहिद गंगालाल हृदयरोक केन्द्र काठमाडौँमा अपरेसन गर्नु पर्ने भएको र सो अपरेसनका लागि ३ लाख बढी खर्च लाग्ने भएको छ। उहाँले आफुहरुको पारिवारिक अवस्था आर्थिक हिसावले निकै कम्जोर रहेकोले बुवाको जिवन रक्षाका लागि सबैसंग सहयोगको अपिल गरेका हुन ।

मुटुरोग बाट ग्रसित विष्णु बुढाथोकिलाई सहयोग गर्न चाहाने व्यक्तिहरुले छोरा सुर्य बुढाथोकिलाई सम्पर्क गर्न सक्नु हुने छ । सम्पर्काका लागि उहाँको मोबाईल नम्बर ९८४९२७१८३९ र ९८१२८६३८३८ उपलब्ध गराएका छन।

प्रतिक्रिया दिनुहोस