महामारी कोरोना

म्यान्मार २०७७ असोज १४ गते बुधवार


कविता

माहामारी ओइरिदैछ कालको रूप बोकेर
हिड्ने गरौ साथीभाई हो माक्ले मुख छोपेर
संख्या मात्र बडेको छ पलपलमा यो रोगको
सावधान रही बसौ हैन बेला यो जोकको।

भिडभाडको समूहमा छाता ओड्न छोड्न पर्छ
हात मिलाई सम्मान दिने कार्यलाई तोड्न पर्छ
भन्दै हिड्छन् सॉझ बिहान कर्मचारी प्रयासमा
धेर्यधारी स्वच्छ राखी बसौ आफ्नै आवासमा।

म्यान्मारको गली-गली आफ्नो छाप छोड्दै छ
निष्ठुरीयो कोरोनाले बालख पनि गोड्दै छ
धनी, गरिब, मूर्ख, बिद्वान कसैलाई टेर्दैन है
ख्याल राखौ होस गरौ युवा शिशु हेर्दैन है।

दोस्रो चरण नाचेकोछ म्यान्मारका शहरमा
लपेट्दैछ समेट्दैछ उस्ले आहार प्रहरमा
उर्लिदैछ नदी सरी समीरको साहाराले
कहिले शान्त हुन्छ होला कोरोना नर आहारले।

समाचारका पाना पनि यसैलेनै भरेको छ
रिती, रिवाज, चाड सबै कोरोनाले हरेको छ
ईष्ट गए मित्र फूटे पाहुना त के भनौ खै!
आफनै आगन शूनो भयो अन्त संख्या के गरौ है।

लुटो-लुटो सबै लुट्यो निर्दयीले हॉसी-हॉसी
नयन लाग्छन् संकालुका लाग्न हुन्न रूगा खॉसी
खॉस्न पनि डरै भयो हॉस्न पनि डर
हे भगवान कोरोनालाई धर्ति बाट हर।
हे भगवान कोरोनालाई धर्ति बाट हर।

प्रतिक्रिया दिनुहोस