भाग्यको अधुरो माया

मोगाउँ शाखा (म्यान्मार) २०७७ असोज १४ गते बुधवार

माया त धेरै गरे नि
तर तिमीले महत्त्व नै गरेनौं
जताउने त धेरै कोसिस गरे नि
तर तिमीले बुझिदीने सकेनौं…

माया जस्तो अनौठो सागरमा
डुबी सकेकी म
किन भाग्यले नि घात पुग्ने गरी
धोका दियो कुन्नि…

मैले त तिामीसंग जिवन बिताउने
सपना देखेकी थिए
तर मलाई के थाहा
म जस्ता तिम्रो जिवनमा कयौं छन् भनेर…

सायद म तिम्रो लागि
काबिल नभए होला
भाग्यले नि
हामी दुईलाई एक हुन नदिएको…

भगवानको लिला पनि
कस्तो हो कुन्नि
भाग्य मै नभएको मानिससँग भेट हुन पुग्यो…

छोरी मान्छेको मन… दुख्या छ कि
खुसी छ कस्लाई थाहा हुन्छ र?
न त कसैले आफ्नो दु:ख देख्छ
न त कसैलाई बताउन सकिन्छ…

म तिमीलाई याद गर्दा
तिमी अरूसँग खुसी भएका थियौ
मेरो एक थोपा आँसु झर्दा
तिमीलाई मेरो भागको एक पलको खुसो मिलोस्
अनि तिमी सधै हासि रहनु हौं…

प्रतिक्रिया दिनुहोस