घुम्ने कुर्सीमा बस्नेलाई के थाहा ! जनताकाे पीडा…

राेल्पा २०७७ असोज १५ गते बिहिवार

रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. ८ जंकोटमा नेपाल टेलिकमको टावर ठडिएको धेरै भयो । बारम्बार टेलिकमलाइ दबाब दिँदा पनि अहिलेसम्म सुचारु भएको छैन । माथिबाट इन्जिनियर जोड्न आउन बाँकी छ रे ? पहिले बिद्युत् भएन- भण्डारण घर भएन भनेर ढिला भएपनि अहिले सबै पूरा भएको महिनौ हुँदा पनि टावर पुर्ण रुपमा सुचारु गरिएन । संचार जनताको आधारभुत आवश्यकता हो । पुर्ति गर्नुको साटो झन बन्चित गराउन खोज्ने निकायहरुको हालत अचम्म छ ।

१. महिनौ/ बर्षौदेखि जिल्लाका धेरै ठाउँमा टावर ठडिएका पक्कै छन । कतै काम नै गर्दैनन, बिग्रिरहन्छन भने कतै जंकोट झै सुचारु गरिएको छैनन् ।

२. पटकपटक दबाब दिएको जानकारी छ नगरपालिबाट पनि । टेलिकमको प्रदेश कार्यालयमा भेटेर जानकारी पनि गरिएछ बिडम्बना अझै समाधान भएको छैन ।

३. रोल्पा जिल्ला अस्पताल/ स्वास्थ्य कार्यालय/ ससस्त्र बेस क्याम्प रोल्पा नगरपालिका वडा नं. २ मा छन् । यी ठाउमा अहिलेसम्म ल्याण्डलाईन फोन बिस्तार भएको छैन । ल्याण्डलाईनको के कुरा टावरले समेत काम गर्दैन राम्रोसंग लिबाङ क्षेत्रमै ।

४. जनताको पीडा, घुम्ने कुर्सीमा दिनभर बस्नेलाइ के थाहा ? जनताको मेहनतले कमाएको पसिनाबाट पालिनेहरुले यो पीडा बुझ्दैनन् । प्राइभेटमा पैसा नि छ दु:ख नि छ । सरकारीमा पैसा छ दु:ख छैन । तर, सबैलाई भन्न खोजेको हैन । यो आफैले बुझ्नुहोला, मनन गर्नुहोला । यो बहसको बिषय हैन । छर्लङ्ग छ ।

५. देशभरका ठाउँमा फोर जि सुरु गरियो । यता दुर दराजमा टावर त टिप्दैनन कसरी जनतालाइ प्रत्याभूति गराउने कि संचार छ है भनेर ?

साथै, रोल्पा नगरपालिका वडा नं. ९ ह्वामामा रहेको एनसेलको टावरको हालत पनि बर्षौ देखि उस्तै छ । कृपया सेवा दिनको लागि बनाएको हो भने सुचारु गर्नुस, सम्बन्धित निकायले अझै दबाब दिनुस हैन भने ठिङ्गै उभ्याउने टावर के काम, कवाडिलाई बेचिदिनु कम्तिमा पैसो त आउँछ ?

रोल्पा जिल्ला रोल्पा नगरपालिका वार्ड नं ८ जंकोटमा नेपाल टेलिकमको टावर ठडिएको धेरै भयो । बारम्बार टेलिकमलाइ दबाब दिदा…

Gepostet von Binod Dangi am Mittwoch, 30. September 2020

उज्यालो टाइम्सको “संजाल टाइम्स”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस