बालिका बलात्कार गरेर हत्या गर्ने हत्यारालाई कस्तो सजाय दिन उपयुक्त हुन्छ भन्ने विषयमा महिला सांसदहरुको बीचमा बहस भयो। बहसकै क्रममा मृत्युदण्डको विषय जोडतोडले उठ्यो। मृत्युदण्ड दिने कानुन बनाउने सवाल रहरले उठेको होईन बाध्यताले हो।
एउटा अपराधी जसले भविष्यको कर्णधारको अस्तित्व लुट्छ, जीवन समाप्त पार्छ। मर्नु, मार्नु कति पीडादायी हुन्छ मतलब गर्दैन पाखण्डी, सुन्दैन कसैको चित्कार, बुझ्दैन कलिला बालिकाको जीवनको महत्त्व। अरुको बाँच्ने रहर र अधिकारलाई उसको मस्तिकालागि समाप्त गरिदिन्छ। न त शिक्षा दिएर सच्चिन मान्छ, न त चेतनाले काम गरेर यति ठुलो निर्मम अपराध गर्न हुन्न भन्ने महसुस नै गर्छ।
एउटा अपराधीलाई फाँसीमा झुण्ड्याउँदा लाखौं भविष्यका ताराहरुले भविष्यमा प्रकाश दिन्छन् भने यो सोच्न बाध्य हुन पर्यो। लाखौं चित्कार नसुन्नेका लागि मृत्युदण्ड अन्तिम फैसला हो। त्यसैले एउटा सामन्त मारेर लाखौं जनताको हित गर्ने हो भनेर हिजो बन्दुक समात्ने नेता जो संविधानसभाको सदस्य समेत हुनुहुन्छ, आफैं महिला नेता पनि पनि हुनुहुन्छ, उहाँले नै महिला सांसदहरुको बहस र निश्कर्षलाई लिएर यति तल झरेर टिप्पणी गर्दै सगरमाथा टेलिभिजनको एक कार्यक्रममा दिएको अन्तरबार्ता पटक्कै सान्दर्भिक लागेन।
उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक