एउटै दृष्टि, भिन्न कोण

प्रदेश ५ को नामकरण र स्थायी राजधानीबारे मुख्यमन्त्री पोखरेलले मुख खोले

काठमाडौ २०७७ असोज १६ गते शुक्रवार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नामकरण र स्थायी राजधानी बारे मुख खोलेका छन् । उनले नामकरण र स्थायी राजधानीको टुंगो छिट्टै लाग्ने बताएका हुन् ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको छलफल कार्यक्रममा बिहीवार बोल्दै पोखरेलले नामकरण र राजधानीको विषयको प्रक्रिया सरकारले आवश्यक ठाने अगाडि बढाउने बताए ।

उनले भने, ‘प्रदेशका जनताको साझा मिसनलाई प्राथामिकतामा राखेर प्रक्रिया अगाडि बढाउँछौँ । पहिलेभन्दा यो विषय सहज पनि बन्दै गएको छ ।’

प्रदेश ५ को प्रदेश सभा छैठौं अधिवेशन जारी छ । प्रदेशको राजधानी र नामकरण यसै अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । प्रदेश सरकारले छोटो समयमा धेरै काम गरेकाले निराश हुनुपर्ने अवस्था नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस