एउटै दृष्टि, भिन्न कोण

कांग्रेसका प्रदेश ५ का बहुमत प्रदेश सभा सदस्य राजधानी दाङकै पक्षमा

बुटवल २०७७ असोज १७ गते शनिवार

प्रदेश ५ को नाम र राजधानीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बहुमत प्रदेश सदस्यले समर्थन जनाउने भएका छन्।  प्रदेश सभामा १९ जना रहेको कांग्रेसका बहुमत सदस्यले दाङको देउखुरीलाई उपयुक्त स्थान भएको जनाएका हुन। प्रदेश नामांकरणको बारेमा भने कुनै धारणा आएको छैन ।

भौगिलिक दृष्टिकोणले राजधानिकोलागि दाङको देउखुरी उपत्यका उपयुक्त स्थान भएको प्रदेश सदस्यहरुले बताएका छन्। कांग्रेसका ११ प्रदेश सदस्यले समर्थन गर्ने जनाउ दिएका छन् भने रुपन्देही आसपासका प्रदेश सदस्यहरुले भने यो प्रस्तावको आपत्ति जनाएका छन्।

दाङका कांग्रेस प्रदेश सदस्य डिल्लीबहादुर चौधरीले पश्चिम प्रस्तावित स्थान सबैका लागि पायक पर्ने बताए। उनले भने, ‘संसदीय दलको बैठक बस्न पाएका छैनौं। पश्चिमका सबै प्रदेश सदस्य दाङकै पक्षमा छौं।’ 

प्रदेश ५ को संसदमा कांग्रेसबाट सबैभन्दा बढी प्रतिनिधित्व कपिलवस्तुबाट ५ सांसद रहेको छन। कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले हरसम्भव जिल्लावासीको माग कपिलवस्तु भए पनि प्रस्तावित स्थानमा विमति नरहने बताए। उनले भने,‘ दाङ र वुटवल हाम्रा लागि उस्तै हो। दाङमा प्रदेश राजधानी बन्दा हामीले विरोध गर्नुपर्ने छैन।’

बाँकेका कांग्रेस प्रदेश सांसद सुरेन्द्र हमालले सकेसम्म आफ्नै जिल्लामा हुनुपर्ने माग रहेको बताए। प्रदेश ५ का लागि बुटवलभन्दा दाङ नै उपयुक्त हुने उनको धारणा थियो।

बर्दियाका कांग्रेस जिल्ला सभापति सञ्जय गौतमले आफूहरुले पहिले देखि नै दाङ माग गर्दै आएको सुनाए। उनले भने,‘कुन पार्टीले ल्याएको प्रस्ताव भन्ने होइन। सबैलाई पायक पर्ने स्थान हेर्ने हो। उपयुक्त प्रस्ताव जसले ल्याए पनि समर्थन हुन्छ।’

रोल्पाका जिल्ला सभापति तथा पूर्व सिचाइ राज्यमन्त्रि अम्मर सिङ पुनले प्रस्तावित राजधानी क्षेत्रकोबारेमा आफ्नो धारणा सार्वजानिक गर्दै स्वागत समेत गरिसकेका छन ।

तर प्रदेश सरकारले संसदमा प्रस्ताव ल्याएपछि बुटवलमा कांग्रेसले शुक्रबारदेखि नै विरोध प्रर्दशन गरेको छ। भौतिक संरचना बनिसकेको स्थानबाट प्रदेश राजधानी सारिएको भन्दै आपत्ति जनाइएको छ।

प्रदेश नामांकरण र राजधानी तोक्नेबारे कांग्रेस संसदीय दलले आधिकारिक निर्णय भने गरिसकेको छैन। प्रस्तावित नाम र स्थानका विषयमा प्रदेश संसदमा असोज १९ मा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस