एउटै दृष्टि, भिन्न कोण

प्रदेश ५: राजधानी दाङ सार्ने प्रस्ताव अव्यावहारिक- राप्रपा

रूपन्देही २०७७ असोज १७ गते शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रमा प्रस्ताव गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा विज्ञप्ति जारी गर्दै यस्तो जनाइएको हो ।

 
नेकपा नेतृत्वको सरकारले जनभावना विपरीत प्रदेश राजधानी सिफारिस गरेको भन्दै प्रदेश राजधानी बुटवलमै हुनु पर्ने माग राखेको जारी बज्ञप्तिमा उल्लेख छ। 

२०७४ माघ ३ गते राप्रपाका वरिष्ठ नेता तथा तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोरासहित तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भौतिक पूर्वाधारका हिसाबले सम्पन्न बुटवललाई प्रदेश अस्थायी मुकाम तोकेको बताइएको छ।

 बिशेष आर्थिक क्षेत्र (सेज), अन्तर्राष्ट्रिय विमानस्थल, अन्तराष्ट्रिय सीमा नाका, मेडिकल कलेज, विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलगायतका संरचना भएका कारण रुपन्देही प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त रहेको ठहर गर्दै राप्रपाले प्रदेश राजधानीसम्बन्धी निर्णय नसच्याए यसबाट उत्पन्न परिस्थितिको जवाफदेही स्वयं प्रदेश सरकार हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस