एउटै दृष्टि, भिन्न कोण

कांग्रेस नेता गगन थापा सहित ७० जनालाई कोरोना संक्रमण

काठमाडौ २०७७ असोज १७ गते शनिवार

शुक्रवार कोरोना परिक्षण गराएका नेपाली कांग्रेसका नेताहरुमध्ये केहिलाई कोरोना संक्रमण भएको छ। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो। शुक्रवार २७० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए। 

परिक्षण गराएका मध्ये कांग्रेस नेता गगन कुमार थापा, अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण पुष्टी भएको हो। थापाको रिपोर्टमा भने गंगा कुमार थापा लेखिएका कारण डाटामा पुन परिक्षण गर्ने काम भइरहेको कांग्रेस कार्यालय स्रोतले जनाएको छ। यसैगरि नेताहरु शम्भुलाल श्रेष्ठ, अनिता चौधरी सहित ७० जनालाई पनि कोरोना संक्रमण भएको छ। 

कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक बोलाएको थियो। धेरै सदस्यहरुलाई संक्रमण भएपछि बैठक समेत अनिश्चित बनेको छ। 

प्रतिक्रिया दिनुहोस