एउटै दृष्टि, भिन्न कोण

नेकपामा पहिरो, अनेरास्ववियु उपाध्यक्ष सहित २४ जना कांग्रेसमा प्रवेश

रोल्पा २०७७ असोज १८ गते आइतवार

नेपाली काग्रेस त्रिवेनी गाउँपालीका वडा नं. ७ रोल्पाको आमसभा तथा पार्टि प्रवेश र्कायक्रम शनिबार तिलामा सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा अनेरास्ववियु त्रिवेणि गाउँपालीका उपाध्यक्ष कुसल वली सहित २४ जना युवाहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशी हरुलाई प्रवेश गराउनमा नेपाल विद्यार्थि सघं रोल्पाका पुर्व उपाद्यक्ष युवा नेता दुरोधन रानाको विषेश भुमिका रहेको थियो । प्रवेश पश्चात वोल्दै कुसल वलीले अहिलेको नेकपाको सरकारले केहि गर्न नसकेको र खाली जनातालाई भ्रम र आस्वासन मात्रै दिएको, झुटको खेती गरिरहेको बताउनु र आफ्न्त हरुलाई सेटिङ गर्ने र कमाउ धन्दा तिर लागेको हुदा अफ्नो विचार, धारणा परिवर्तण गरेर नेपाली काग्रेसमा प्रवेश गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टि सचिव कमल प्रसाद वुढा, नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य टेक वहादुर विक, क्षेत्र न. २ का क्षेत्रिय सभापती गोपाल घर्तिमगर, महासमिति सदस्य तथा त्रिवेणि गाउँपालीका वडा नं. ६ का वडा अध्यक्ष लेखमनी डागी, नेपाल तरुणदल रोल्पाका वरिष्ठ उपाध्यक्ष पशुपती घर्ति लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस