एउटै दृष्टि, भिन्न कोण

नेकपा सचेतक शान्ता चौधरीलाइ कोरोना संक्रमण पुष्टी

काठमाडौ २०७७ असोज २० गते मङ्गलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण नतिजा पोजेटिभ देखिएको छ। सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले फेसबुक स्टासट लेख्दै बताएकी छिन्।

कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा रहेकोहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।

उनले भनेकी छिन्, ‘यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसीआर गर्न र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस