प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ कायम भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ । प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।
प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ दुई तिहाई बढी मतले पास भएको छ ।
२०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि मात्र नाम र स्थायी राजधानी तोक्न सकेको हो।