हे युवा…

हुपिन शाखा म्यान्मार २०७७ असोज २१ गते बुधवार

यो समाजलाई तिम्रो खाँचो छ
तिमी यसरी षुसुप्त भएर हुँदैन
तिम्रा विचारहरू मात्र भौतिकवादमा
सिमित भएर हुँदैन
तिमीले आफू भित्रको दिव्य किरणलाई
अवलम्बन गर्दै
यो पतन भएको समाजलाई
उत्थानको पथ देखाउँदै
भविष्यमा दौडाउनु पर्नेछ।

तिमी एक विशाल द्रुम हौ
तिमी एक विशाल सागर हौ
तिम्रो अगाडि
चट्टान पनि पराजित हुने छ
तिम्रो अगाडि व्रज पनि पराजित हुने छ
तिमी आफू भित्रको चेतनालाई
स्पष्टरूपमा देखाऊ
अनि मात्र यो समाज बन्ने छ।

पूर्खाहरूले तिमीलाई सुम्पि दिएका छन्
संरक्षण र संरक्षको अभिभार
र देखाएका पनि छन्
ती तराई पहाड
जहाँ विजयको झन्डा फर्फराएर
इतिहासमा आफ्नो नामलाई अमर बनाएका छन्
त्यसैले
हे युवा
तिमी पनि जाग्र बन अब
इतिहासमा आफ्नो नाम बताई देऊ

म एउटा वीर गोर्खा हुँ भनेर
म एउटा वीर नेपाली हुँ भनेर
म एउटा वीर युवा हुँ भनेर

प्रतिक्रिया दिनुहोस