एउटै दृष्टि, भिन्न कोण

गंगादेब गाँउपालिका रोल्पामा काग्रेसका कार्यक्रताले पार्टी परित्याग गरि नेकपामा प्रबेश

राेल्पा २०७७ असोज २२ गते बिहिवार

गंगादेव गाउपालिका रोल्पामा नेपाली काङ्ग्रेस परित्याग गरि ८ जना सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी नेकपा मा प्रवेश गरेका छ्न । नेकपा प्रवेश गर्नेहरुमा गंगादेब गाँउपालिका वडा नं ५ का क्रियाशिल सदस्य हरि बहादुर नेपाली, साधारण सदस्यहरूमा भक्त बहादुर सार्की, प्रशाराम सार्की, गंगा सिङ सार्की, टीकाराम सार्की, नदे कामी, रते सार्की रहेका छन ।

सत्तारूढ नेकपाका लुम्बिनी प्रदेश समिति सदस्य तथा गंगादेब गाँउपालिका अध्यक्ष वीर बहादुर खत्री अप्राजय ले नव प्रबेशिहरुलाइ एक कार्यक्रमका बिच अबिर र माला लगाएर स्वागत गरेका हुन ।

नेकपा वडा नम्बर ५ का नेता तथा कार्यक्रता सहभागि भएको उक्त कार्यक्रममा नेकपा प्रबेश गर्दै हरि बहादुर नेपालीले काङ्ग्रेसले जनतालाइ धोका दिएको र अबको बिकास सत्तारुढ नेकपाको नेतृत्वबाट नै सम्भव हुने देखेकोले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको बताए।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य बिरबहादुर खत्री अप्राजयले नेकपाले देश भरिनै जनताको बिश्वास जित्दै गएको र यस गाँउपालिकामा पनि जनभावना अनुरूप काम गर्ने सन्दर्भमा पुर्वाधार निर्माण र सामाजिक बिकासमा प्राथमिकता दिइएको छ, तसर्थ नेकपा जनताको आफ्नै पार्टी भएकोले यस गाँउपालिकामा पार्टी प्रति आकर्षण रहेको दाबी गरे।

कार्यक्रम गंगादेव गाँउपालिकाको वडा नम्बर ५ को गैरागाउमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस