एउटै दृष्टि, भिन्न कोण

कालिकोटको पचालझरनामा सिचाइ आयोजना शिलान्यास: रहने छैन अब सुख्खा क्षेत्र

कालिकोट २०७७ असोज २३ गते शुक्रवार

सुख्खा क्षेत्र पलाता नामले परिचित कालिकोट जिल्लाको पचालझरना गाँउपालिकामा स्थानिय सरकारले सिचाइ योजनालाइ प्राथामिकतामा राखी विकास गर्न लागेको छ । यसै क्रममा पचालझरना गाँउपालिकाको वडा नं ५ मा कोल्थे देखी बाँझकोट सम्मको साढे ५ किलोमिटरको दुरीलाइ छिचोलेर गाउँ सम्ममा सिचाँई कुलो निर्माण गर्न लागिएको हो ।

जातिय हिसावले समिश्रण रहेको बाझकोटमा आयोजनामा  कुल लागत ३ करोड ७४ लाखको लागतमा निर्माण हुने आयोजनामा गाउँपालिकाको १ करोड लगानी र अनुकुलन कोषको आर्थिक सहयोग बन तथा बतावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको कार्यान्वयन, साझेदार संस्था हुरेन्डेक मार्फत संचालित क्याप्स कर्णाली परियोजनाको २ करोड ७४ लाख रहेको  वडा नं ५ का अध्यक्ष बिर्षलाल आचार्यले बताए ।  

प्रत्यक्ष लाभांवित समुदायहरुको उपस्थितिमा गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल द्ववारा औपचारीक कार्यक्रम गरि निर्माण कार्यको उदघाटन गरिएको छ । आयोजनाबाट ३ सय ७५ घरधुरी लाभावन्धित हुनेछन भने १ सय ५० जना स्थानियले प्रत्यक्ष रोजगारी पाउने भएका छन। वहुउपयोगी आयोजनाका रुपमा लिइएको यस आयोजना सम्पन्न भएपछि १ सय हेक्टर जमिन सिंचित हुनेछ भने २ वटा पानी घट्ट संचालन गरिने छन ।

गाँउपालिकाको बिचभागबाट कर्णाली नदि बगेर गएको भएता पनि यहाका बासिन्दाले नदि प्रयोग गर्न नसक्दा खाद्यान्नको समस्या झेल्दै आएका छन । सिचाँई कुलोको शिलान्यास गदै गाउँपालिका अध्यक्ष सेजुवालले भने “अव गाउँपालिका भित्रका रुखा र सुख्खा जमिन मुक्त गाउँपालिका बनाउनेमा आफनो अभियान सुरुवाति भएको र आफ्नै कार्यकालमा सुख्खा जमिन मुक्त गाउँपालिका घोषणा गर्ने तयारिका साथ कामहरु गर्दै जाने बताए।”   उनले थपे यो गाँउपालिकाकै गौरबको आयोजना हो ।

बिगतमा कुलो खनेर पानीको उपयोग गर्न नसकेका स्थानिय बासि भने कुलो बन्ने भएपछि खुसि भएका छन । यो योजना गाँउपालिकाले प्राथामिकतामा राखेको पहिलो ठुलो योजना हो । अन्य स्थानमा पनि कर्णालिको पानी लिफ्ट गरेर सिचाइको संभावना अध्ययन गरेर गाँउपालिकाले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस