एउटै दृष्टि, भिन्न कोण

कालिकोट बासिको पिडा: सुत्केरीहुन कम्बलमा बेरेर काठमा झुण्ड्याइ अस्पताल पुर्याइन्छ

कालिकोट २०७७ असोज २३ गते शुक्रवार

कालिकोट जिल्लाको नहरिनाथ गाउँपालिकामा बिरामी बोक्ने स्टेचर नहुँदा काठमा झुन्डाएर स्वास्थ्य चौकी लिदै गरेको फोटो सार्वजनीक भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका-५ रुप्सा निवासी २३ वर्षिय मंगला सहकारीलाई सुत्केरी ब्यथालागे पछि कम्बलमा बेरेर काठमा झुन्ड्याइ स्वास्थ्य चौकी लिदै गर्दा बाटोमै बच्चा जन्माएको घटनाले सबैको ध्यान तानेको हो ।

तस्विर स्रोत सामाजिक संजाल

गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई अस्पताल पुर्याउन सजिलो होस भनि गाउँमा सडक निर्माण भएको र बिरामी बोक्नकालागि एम्बुलेन्सको समेत व्यवस्था भइसक्दा पनि अझै गाँउमा बिरामी बोक्ने स्टेचर नहुनु लाजमर्दो विषय भएको स्थानिय गणेश विस्टले बताए छन।

यहाँ कुरा यातायात साधनको छैन । स्थानिय सरकारले स्टेचर समेत उपलब्ध नगराउदा आएको समस्या कर्णालीबासिले भोगिरहेको अवस्था जहाको त्यही छ । सामाजिक संजालमा सुत्केरी ब्यथा लागेकी महिलालाइ कम्बलमा बेरी काठमा झुण्ड्याएको फोटो छाँयपछि सामाजिक संजालमा स्थानियक सरकारको चर्को बिरोध सुरु भएको छ ।

सुत्केरी ब्यथा लागेकी २३ वर्षिय मंगला सहकारीलाई कम्बलमा बेरेर काठमा झुन्ड्याइ स्वास्थ्य चौकी लिदै, फोटो साभार: सामाजिक संजाल

कर्णाली प्रदेशका मूख्यमन्त्रि महेन्दबहादुर शाहीको जिल्ला तथा पुर्व पर्यटन उड्डयन र महिला तथा बालबालिका मन्त्री समेत भैसकेका खड्ग बिश्वकर्मा क. प्रकाणडको गाँउपालिकामा बिरामी ओसारपसार गर्न भरपर्दो साधन बनेको स्टेचरको करिव चार वर्ष देखि अभाव रहेको बताइएको छ ।


स्थानिय सरकार गठन भए पश्चात वडामा रहेको स्वास्थ्य संस्थामा स्टेचर प्राप्त नभएको स्वास्थ्य चौकि प्रमुख मनोज वोगटीले बताए । उनले भने महिला स्वास्थ्य संवमसेविकाको जिम्मामा दिइएका स्टेचरहरु भाँचिसकेको अवस्थामा पनि कसैको ध्यान जान नसकेको बिषय भने दुखलाग्दो बनेको छ ।

प्रतिक्रिया दिनुहोस