एउटै दृष्टि, भिन्न कोण

रोल्पामा राष्ट्रिय युवा संघ नेपालबाट प्रदेश सभा सदस्य सम्मानित

रोल्पा २०७७ असोज २३ गते शुक्रवार

राष्ट्रिय युवा संघ नेपालले प्रदेशको स्थाइ राजधानी र नामाकरण गर्नका लागि बनेको संसदिय सिफारिस समितिका संयोजक तथा प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’लाई सम्मान गरेको छ ।

रोल्पा जिल्लामा राष्ट्रिय युवा संघ नेपालको सपथ ग्रहण समारोह एबं पहिलो बैठकमा शुभकामना दिन सहभागि भएका प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’लाई प्रदेशवासीको हितमा काम गरेमा धन्यवाद दिदै सम्मान गरिएको हुन ।

राष्ट्रिय यूवा संघ नेपाल जिल्ला समितको सपथ ग्रहन एबम पहिलो बैठकमा राष्ट्रिय युवा संघ नेपालका बरिष्ठ केन्द्रीय सदस्य गणेश शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेकपाका रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य राहुल महरा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य जितेन्द्र पुनमगर ‘फेमश’, तत्कालीन युवा संघ नेपालका नेता दिल बहादुर केसी लगायतले शुभकामना मनतव्य दिएका थिए।

नेकपाका नेता राजकुमार कक्षपति, नेकपाका जिल्ला कमिटि सदस्य रत्न महरा, विरबहादुर घर्तीमगर, प्रेस संगठन लुम्बीनी प्रदेशका सह संयोजक मानसिंह विश्वकर्मा, प्रेस संगठन नेपाल रोल्पाका संयोजक देवी कुमारी गुरुङ लगायतका आतिथ्यताहरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय यूवा संघ नेपाल जिल्ला समितिमा पूर्व माओवादी केन्द्र निकट वाइसिएलबाट ३६ जना र पूर्व एमाले निकट युवा संघ नेपालकाबाट २५ जना गरी ६१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस