एउटै दृष्टि, भिन्न कोण

रोल्पाको गंगादेव गाउपालिका भित्र रहेका सबै सडकहरु सुचारु

रोल्पा २०७७ असोज २५ गते आइतवार

रोल्पाको गंगादेव गाउपालिका भित्र रहेका अधिकाश सडक सुचारु भएका छन । बर्षादको समयमा भत्किएका सडकहरु दशै आउनु भन्दा अगाबै संचालनमा ल्याइएको हो । गाँउपालिका केन्द्र बाट मूख्य सडकहरु हुदै अन्य कृषि पैदावार निकासि गर्ने अन्य सहायकबाटो बर्षादको समयमै निरन्तर पहिरो पञ्छाएर सुचारु गरिदै आएको थियो । गाँउपालिकामा रहेका ७ वटै वडा जोड्ने मुख्य सडक, सहायक सडक गाउपालिकाले मर्मत गरेर सुचारु गरिएको छ ।

अबको गाँउपालिकाको प्राथामिकता भनेको मोटरबाटोहरु स्तरउन्नति गर्ने रहेको गाँउपालिका अध्यक्ष बिरबहादुर खत्रिले बताउनुहुन्छ । उहा भन्नुहुन्छ “साघुरो स्थानको  रक कटिङ र अप्ठेरो मोड कटिङलाइ पहिलो प्राथमिकता दिएर सडक स्तरउन्नति गरिन्छ। हाल सम्म नियमित बसहरु संचालनमा नआएका मोटरबाटोहरु र अप्ठेरो सङ बस संचालनमा आएका मुख्य सडकहरु नै स्तरउन्नतिको पहिलो प्राथामिकता रहेका छन । अबको प्राथामिकता त्यही हुनेछन ।”

यस सन्दर्भमा वडा नम्बर ३ को चाख्लेपातल-नाउली-गोठिखोला हुदै वडा नं १ जोड्ने मोटरबाटो यसै वर्ष स्तरउन्नति गरि बस संचालनमा ल्याउन यस आर्थिक बर्षमा ५० लाख बजेट बिनियोजन गरिएको छ। यो मोटरबाटो बिगतमा जिनावाङ गाँउ विकास समितीले बजेट बिनियोजन गरि ट्रयाग खोले पनि केहि स्थानमा समस्या हुदा साना गाडी र ट्याक्टर मात्र संचालन हुदै आएका छन ।  

भिडियो- वडा नम्बर ३ को चाख्लेपातल-नाउली-गोठिखोला हुदै वडा नं १ ओत जोड्ने मोटरबाटो स्तरउन्नति गरिदै

यस क्षेत्रमा पनि साघुरो स्थानमा रक कटिङ, अप्ठेरो घुम्ति कटिङ र ग्याबिङ वाललाई प्राथमिकतामा राखेर प्राबिधिक लागत अनुमान तयार गरि काम गरिने बताइएको छ । सडकमा जथाभावी पानी बगाउने, सडकमै घर निर्माण गर्ने,  नयाँ ट्र्याक खोल्दा र स्तरउन्नति गर्दा बिवाद सिर्जना गरि विकास बिरोधी गतिविधि कोहि पनि संलग्न नहुन सबै सचेत नागरिकलाइ गाँउपालिका अध्यक्षले अनुरोध समेत गरेका छन।

गंगादेब गाँउपालिका रोल्पा भित्र बिगतमा निर्माण भएका धेरै मोटरबाटोहरु स्तरउन्नतिको पर्खाइमा रहेका छन । गाँउपालिकाले उचित सडक योजना नबनाउदा ट्रयाग खोलिएका मोटरबाटोहरु प्रयोग बिहिन रहेको र सडक ब्यवस्थापनमा चुनौति रहेको स्थानिय बुद्दिजिबिहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस