एउटै दृष्टि, भिन्न कोण

बिपन्न वालवालीकालाइ शैक्षिक सामाग्रि सहयोग

रोल्पा २०७७ असोज २७ गते मङ्गलवार

गंगादेव गाँउपालीका रोल्पाका असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरिएको छ । गाँउपालिका भित्र रहेका बिद्यालमा अध्ययनरत ५० जना बिपन्न असहाय बालबिलकाहरुलाइ सो सामाग्रि बितरण गरिएको हो । गाँउपालिका अध्यक्ष बिरबहादुर खत्री आफै उपस्थित भएर बालबालिकाहरुलाइ सामाग्रहरु हस्तान्तरण गरेका हुन ।

बिद्यालयको सिफारिसमा बिपन्न असहायमा छनौटमा परेका प्रत्येक विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत पोषाक १ सेट,  न्यानो सुरुवाल १ वटा, कापी १ दर्जन, पेन १ दर्जन , ज्यामिती बकस १ वटा र झोला १ वटा रहेको छ । बितरण कार्यक्रममा उपस्थिति हुन नसकेका बालबालिकाको शैक्षिक सामाग्री सम्बन्धित विद्यालयका प्र अ लाइ हस्तान्तरण गरिएको छ।

गाउपालिकामा रहेका असहाय बिपन्न बालवालिकाहरुलाई पढनपाढनमा उत्साहित बनाउन उत्साह स्वरुप सानो सहयोगको व्यवस्था गरिएको गाउपालिका अध्यक्ष बिर बहादुर खत्रीले बताउनु भयो। उहाका अनुसार गाउपालिकाले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी गरेको भएतापनि सोचे जस्तो गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्नु दुखद पक्ष हुने भएकोले गुणस्तरिय शिक्षा प्रदान गर्नकोलागि शिक्षकहरुले बिद्यालयमा प्रयाप्त समय दिनुपर्ने बताउनु भयो। बिपन्न परिवारका बालवालीकाहरु शैक्षिक सामाग्रिको अभावमा शिक्षा लिनबाट बञ्चिन हुन नदिने उहाको तर्क थियो ।

विद्यार्थीहरु शैक्षिक सामाग्री ,झोला र पोशाक पाए पछि खुसी हुदै घर फर्किएका छ्न ।

 गाउपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख,  शिक्षक महासंघका गाँउपालिका अध्यक्ष, विद्यालयका प्रअहरू लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस