पछिल्लो २४ घण्टामा २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार १७४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ३६७७ पुगेको छ।
काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।