सरकारको बिरोधमा राजनीतिक दलहरुले भोलि काठमाण्डौमा प्रदर्शन गर्ने

काठमाडौ २०७७ असोज २८ गते बुधवार

काठमाण्डौको माइतिघर मण्डलामा २१ राजनैतिक दलहरुले भोली सरकारको बिरोध प्रदर्शन गर्ने भएका छन । असोज २९ गते बिहीबार काठमाडौंको माइतीघर मण्डलामा २१ राजनीतिक पार्टी तथा संगठनहरुले विरोध प्रदर्शन गर्ने भएका हुन । कोभिड १९ को मापदण्डको पूर्ण पालना गर्दै दिनको १ बजे विरोध प्रदर्शन गर्ने भएको आयोजक समितिले जनाएको छ ।

संयूक्त बिरोध कार्यक्रम एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार, हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै विरोध प्रदर्शनको आयोजना गरिएको जनाएका छन्।

संयूक्त बिरोधकार्यक्रमको प्रतिनिधित्व गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले असोज २५ गते एक सार्वजनिक वक्तव्य जारी गर्दै विरोध कार्यक्रम गर्ने घोषणा गरेका थिए।

राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरु निम्न रहेका छन ।

 १. नेकपा (मसाल)

२. नेकपा (क्रान्तिकारी माओवादी),

३. नेकपा (माले),

४. राष्ट्रिय जनमोर्चा, नेपाल,

५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल

६. नेपाल कम्युनिस्ट पार्टी,

 ७. नेकपा (माओवादी केन्द्र),

८. राष्ट्रिय जागरण मञ्च,

९. जनसमाजवादी पार्टी,

१०. नेकपा (संयुक्त),

११. राष्ट्रिय जागरण परिषद्, नेपाल

१२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,

१३. नेकपा (बोल्शेविक),

१४. राष्ट्रवादी केन्द्र, नेपाल,

१५. एम.सी.सी. खारेज अभियान,

१६. पुष्पलाल अध्ययन समाज,

१७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी),

१८. माक्र्सवादी एकता अभियान,

१९. नेकपा (माक्र्सवादी),

२०. नेकपा माक्र्सवादी (पुष्पलाल)

२१. ने.क.पा. (माओवादी)

प्रतिक्रिया दिनुहोस