सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छ्न्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्। प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन्। उनले बुटवलमा राजधानी बनाउन चुनावी एजेन्डा नै बनाएका थिए।
आज सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारी ले २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीको सिफारीसमा मन्त्री हेरफेर र कार्यबिभाजन गरिएको हो ।
नव गठित मन्त्रिमण्डल तथा कार्यबिभाजन देहाए बमोजिम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
