कविता शिर्षक- नारी विवशता

रोल्पा २०७७ असोज २९ गते बिहिवार

नारी तिमी, पुजियौ।
खै! कहिले पुजियौ ?
मिति नभएको इतिहास छ।
सत्यता हो कि, कल्पनामा ?
धर्म ग्रन्थका पाना-पानामा लेखिएको छ।

कुन युग अनि, कुन जमाना ?
अदभुत शक्तिबाट, परिचीत भएको।
त्यो कुन अन्ध, भक्तको स्वार्थमा ?
प्रत्येक पल पलमा पुजिएको।

काली, महाकाली,देवी, भगवती र सरस्वती,
स्वर्निम अक्षरले लेखिएका नाम ।
अप्सरा, उर्वसी, गौरी, लक्षमी र पार्वती,
इतिहास देखी चर्चा पाएका महान काम।

आज,,,
भित्ता र मन्दिरमा सजिएका मूर्तिहरुमा,
फूलपाती र दुध चढाउने कोमल हातले ।
पुर्णिामा, एकादशी, मंगलवार र पन्चमीमा,
खाली पेट बसी, भक्ती भजन गर्ने मनले।

खै??
किन ? हरपल ठाँउ ठाँउ ,
एउटी नारी भ्रुनमा गर्भमै तुहिन्छे।
सौभाग्यवस जन्मिएर ठुली भए ,
लूटिन्छे, बलात्कृत हुन्छे।

विवशताले विधवा भए,
अलच्छिनी भनेर हेपिन्छे।
बुढी भइ असक्त हुँदा,
बोक्सी भनेर कुटिन्छे।

अनी,,
त्येही पुरुषबाट, त्येही नारीबाट ,
आफुले आफैलाइ बिर्सने।
कठै ! मेरो सस्कार, मेरो समाज,
थुइक्क गिद्दे नजर, थुइक्क पापी मन।
कठै ! मेरो सस्कृती, थुइक्क मेरो सस्कार,
आफ्नै रगत अनी, हाड नछुट्याउने ,
कठै! तिम्रो मानसिकता, गिरेको तिम्रो सोच ।।

(२०७७/०६/२७ गते वडाचौर रोल्पा)

प्रतिक्रिया दिनुहोस