एउटै दृष्टि, भिन्न कोण

गंगादेव गाँउपालिका अध्यक्ष र स्थानिय विच भएको बिवाद सामन्य हो- अध्यक्षको सचिवालय

रोल्पा २०७७ असोज २९ गते बिहिवार

गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिरबहादुर खत्री सोही गाँउपालिका वडा नं ५ बस्ने तिलबहादुर खत्री बिच भएको बिवाद बाहिरीएको छ । गाँउपालिकाको सिमखोलामा रहेको प्रहरी चौकी सार्ने निर्णय बिरुद्दमा बोलेका तिलबहादुर खत्री र अध्यक्ष विच बिवाद सरु भएको थियो ।

यही विषयमा गाउपालिका अध्यक्ष र तिल बहादुर खत्री बिच सामान्य धरपकड भएको गाँउपालिका प्रेस संयोजकले जानकारी दिएका छन । सामान्य धरपकडका क्रममा तिलबहादुर खत्रीले खाली बियरको बोत्तलले गाउपालिका अध्यक्षको खुट्टामा प्रहार गरेको र सिसाले गाँउपालिका अध्यक्ष खुट्टामा सामान्य घाउ चोट लागेको बताए ।

यस्तो छ गाँउपालिका अध्यक्ष सचिवालयबाट निकालिएको बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस